कांग्रेसभित्रको विवाद कसरी टुङ्ग्याउन सकिन्छ ?
ratopati.com · Wed Aug 05 13:15:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले आफूहरूका मागलाई पूरै बेवास्ता गरेर अगाडि बढेको भन्दै संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहले साउन २९ गतेदेखि ३१ गतेसम्म राष्ट्रिय भेला बोलाएपछि कांग्रेसभित्रको विवाद झन् चर्किएको छ ।