मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित

kendrabindu.com · Mon Jun 08 08:17:24 GMT 2026

त्रिवेणी (रुकुम पश्चिम) । राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन‍् । प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै खड्का निर्वाचित भएका हुन् । निर्वाचनमा खड्काले ४२ मत तथा चन्दले ३० मत प्राप्त गरे ।

कुल ११३ जना मतदाता रहेकामा ७३ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा २२ मत प्राप्त गरी रिमप्रसाद शर्मा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २० मत प्रात गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)