मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कालीगण्डकीमा चल्ने भयाे र्‍याफ्टिङ, यात्रा- दुई घण्टादेखि तीन दिनसम्म

shilapatra.com · Sat Nov 05 00:40:00 GMT 2022

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिसाेर्टले र्‍याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने भएकाे हाे । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्‍याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेलाई दुई घण्टा र लामो यात्राका लागि दुईदेखि तीन दिनसम्मको यात्रा गराउने भएको छ ।

'अहिले कालीगण्डकी नदीमा र्‍याफ्टिङले निरन्तरता पाउन सकेको छैन । अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि र्‍याफटिङ सुरु हुनेछ', कम्पनीका सञ्चालक नरेन्द्र केसीले भने, 'स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुङ्गिन्छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)