समावेशिताको चरम दुरुपयोग गर्दै अरबपति चौधरी आरक्षण कोटामा काँग्रेसको उपसभापति उम्मेदवार
bishowkhabar.com · Wed Oct 07 02:47:21 GMT 2026

काठमाडौं। नेपालको संविधानले व्यवस्था गरेको समावेशिताको ‘ चोर बाटो’ प्रयोग गर्दै विश्वकै अरबपतिमा गणना भएका उद्योगपति विनोद चौधरीले काँग्रेसको जारी महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएका छन् । उनले मङ्गलवार मधेसी कोटाबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपालको संविधानले दलित आदिवासी, जनजाति, मधेसी लगायत पिछडिएको वर्गका लागि कोटा आरक्षणको व्यवस्था गरेको छ। अरबपति चौधरीले आफ्नो थरका आधारमा काँग्रेसको विधानलाई टेक्दै उम्मेदवारी दिएका हुन् ।
नेपालको संविधान र नेपाली काँग्रेसको विधानले पनि अरूसँग खुल्ला प्रतिस्पर्धा गर्न नसक्नेहरूलाई राजनीतिको मूलधारमा ल्याउन यस्तो व्यवस्था गरेको एक नेताले विश्वखबरलाई बताए। चौधरी पटक पटक संसद भइसकेका छन् । उनी आर्थिक , राजनीतिक रूपमा नेपालको अग्रपङितमा छन् । उनले राजनीतिको छायौँ लगेर आफ्नो उद्योग र व्यवसायमा प्रयोग गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)