आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ८ जनाको मृत्यु
barnanmedia.com · Sat Jul 06 23:17:32 UTC 2024

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा ४ जना, पाल्पामा १ जना, कास्कीमा १ जना, डोटीमा १ जना र सप्तरीमा १ जना रहेका छन् ।बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ८० जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङ्जामा १ जना गरी जम्मा ८३ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा १३ जना र जाजरकोटमा ७ जना गरी २० जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये १५ जना पुरुष र ५ जना महिला छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)