मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

११ महिनामा सवा अर्बको अम्रिसो कुचो निर्यात

ekantipur.com · Sat Jul 06 23:17:37 UTC 2024

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म मात्रै १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो कुचो निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३२.९ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष सोही अवधिमा ९४ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको कुचो भारत गएको थियो ।

आर्थिक वर्ष ०७१/७२ देखिको तथ्यांक विश्लेषण गर्दा चालु आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी कुचो निर्यात भएको भन्सार विभागको तथ्यांक छ । हालसम्मको सबैभन्दा बढी कुचो निर्यात भएको नेपाल कुच्चो संघका अध्यक्ष राजकुमार कार्कीले पुष्टि गरे । ‘यसपालि सबैभन्दा बढी कुचो निर्यात भयो, वैशाखदेखि माग घटेको छ, नभए अझै बढी निर्यात हुन्थ्यो,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)