मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा एकीकृत समाजवादी पदाधिकारी चयनमा सकस

rajdhanidaily.com · Sat Jul 06 23:26:47 UTC 2024

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन शुक्रबार नै सम्पन्न भए पनि विधानअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यको चयन हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिले सर्वसम्मतीमा निर्वाचित ९३ सदस्यीय केन्द्रीय समितिलाई विधानअनुसार पदाधिकारी र सदस्य चयन गर्न अनुमति दिएको छ ।

महाधिवेशन सम्पन्न भएपछि शनिबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलो केन्द्रीय कमिटीको बैठक बस्यो । बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको छ । हाललाई पार्टीको काम अगाडि बढाउन पहिला जो नेता जुन जिम्मेवारीमा थिए सोही जिम्मेवारीमा रहेर अन्तरिमकालसम्म काम गर्न निर्णय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)