मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको भावुक विदाइ

clickmandu.com · Wed Oct 07 03:18:38 GMT 2026

एजेन्सी । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित एस्टाडियो मास मोनुमेन्टलमा भएको खेल मेस्सीको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हो ।

नेपाली समय अनुसार आज बिहान भएको खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाए । अर्जेन्टिनाका लागि यो मेसीको २०८औं अन्तर्राष्ट्रिय खेल थियो । उक्त जितसँगै उनको भावुक विदाइ पनि गरिएको छ । ३९ वर्षीय मेसीले ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा आज बिहान ८५ हजारभन्दा बढी दर्शकबीच आफ्नो २० वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल खेलेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)