मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका दाबेदार

swasthyakhabar.com · Wed Oct 07 03:19:25 GMT 2026

काठमाडौं – नेपाल चिकित्सक संघका तीन पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने दौडमा छन्।

डा. केदारनरसिंह केसी र डा. मुक्तिराम श्रेष्ठ खुलातर्फका ४५ केन्द्रीय सदस्यको कोटामा प्रतिस्पर्धी छन्। दुवै चिकित्सक लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। डा. केसी नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुनुका साथै कांग्रेसको स्वास्थ्यसम्बन्धी गतिविधिमा समेत सक्रिय छन्। कांग्रेसले हालै गठन गरेको स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी पनि डा. केसीलाई दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)