भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
nepalpress.com · Wed Aug 05 13:52:18 GMT 2026

काठमाडौँ । पारिवारिक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि नेपालसहित विश्वभरका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।
आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालले निर्माण गरेको यो चलचित्र कृष्ण जन्माष्टमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको हो । निर्माता लम्सालका अनुसार चलचित्रले आफ्ना सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि जीवनभर संघर्ष गर्ने एक बुवाको त्याग, जिम्मेवारी, माया र संवेदनशील यात्रालाई केन्द्रमा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)