नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
clickmandu.com · Wed Aug 05 13:57:10 GMT 2026

काठमाडौं । नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका वर्षहरूमा खरिद गरेका उपकरण तथा सेवामा अनियमितता र कानुनी त्रुटि भएको औंल्याउँदै छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । ‘नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर, अडियो–भिजुअल र ग्राफिक्स प्रणाली, प्लेआउट अटोमेसन र अनलाइन प्लेटफर्महरुको खरिदसम्बन्धी छानबिन समिति, २०८३’ ले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष प्रतिवेदन पेश गरेको हो ।
उक्त प्रतिवेदनले नेपाल टेलिभिजनमा भएका केही खरिद प्रक्रियामा नियमविपरीत निर्णय, कानुनी त्रुटि तथा आर्थिक दायित्व सिर्जना गर्ने प्रकृतिका काम भएको निष्कर्ष निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)