आधार क्षेत्रमै दबाबमा मधेसी नेता
ekantipur.com · Fri Nov 11 01:08:23 GMT 2022
जनकपुर, राजविराज र काठमाडौं — मनोनयनयता जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर आ–आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय छन् । मधेसका यी दुई शीर्ष नेता आफ्नै दलका अन्य उम्मेदवारको चुनावी अभियानमा समेत निस्कन भ्याएका छैनन् ।
संविधान जारी हुँदाको असन्तुष्टिकै रापतापमा ०७४ मा भएको निर्वाचनमा यादवले सप्तरी–२ र ठाकुरले महोत्तरी–३ बाट फराकिलो मतान्तरले जितेका थिए । त्यतिबेला यादव नेतृत्वको संघीय समाजवादी फोरम र ठाकुर नेतृत्वको राजपा मिलेर चुनाव लडेका थिए भने यी दुवै नेतालाई कांग्रेसको साथ थियो । यी दुई नेता अहिले पनि पुरानै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । यसपटक यादवलाई एमालेको साथ छ, ठाकुरलाई सत्ता गठबन्धनको ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)