राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो, प्रशिक्षकमाथी लगाए यस्तो आरोप
nepalviews.com · Wed Oct 07 03:49:13 GMT 2026
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । प्रशिक्षक जोर्जे जेसुससँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका रोनाल्डोले आफू अझै पनि देशका लागि खेल्न र उपाधि जित्न प्रतिबद्ध रहेको बताएका हुन् ।
साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो धारणा सार्वजनिक गर्दै आफू शारीरिक रूपमा फिट रहेर क्लबका लागि खेलिरहेको अवस्थामा राष्ट्रिय टोलीमा उपलब्ध हुने बताएका छन् । ‘मैले निलम्बनसम्बन्धी सम्भावित सजाय भोगिसकेपछि राष्ट्रिय टोलीका लागि उपलब्ध हुनेछु । आजसम्म जस्तै आगामी दिनमा पनि देशका लागि प्रतिस्पर्धा गर्न र जित्न चाहन्छु,’ उनले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)