कांग्रेस शीर्ष नेताको बैठक : विराटनगरको मेयर उम्मेदवारमा कुरा मिलेन
onlinekhabar.com · Sat Apr 23 17:27:48 GMT 2022
१० वैशाख, काठमाडौं । विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । मेयर उम्मेदवार टुंगो लगाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर टुंगोमा पुग्न नसकेपछि आइतबार बिहान फेरि यो विषयमा छलफललाई जारी राख्ने भन्दै नेताहरुले बालुवाटारको बैठक स्थगित गरेका छन् ।
विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेश कोइरालालाई टिकट दिने भन्नेमा कांग्रेसभित्र विवाद छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)