मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

को हुन् कांग्रेस उपसभापतिमा निर्विरोध निर्वाचित पुष्पा भुसाल ?

annapurnapost.com · Wed Oct 07 03:52:07 GMT 2026

अर्घाखाँची : नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट पुष्पा गौतम (भुसाल) पुनः केन्द्रीय उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन्। अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागनु १ गते जन्मिएकी उपसभामुख हुँदै नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा निर्वाचित भएकी भुसाल १५ औं महाधिवेशनबाट पनि उपसभापतिमा निर्वाचित भएकी हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय उपसभापति महिला कोटामा अन्य कसैले पनि उम्मेदवारी नदिएपछि उनी निर्विरोध बनिन्। २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन् भुसाल। २०१५ सालको वीपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्री रहेका आफ्ना बुबा काशीनाथ गौतम २०१७ सालमा प्रजातन्त्र खोसिएपछि १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा भुसाल पनि बुवासँगै भारत गएकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)