ट्रम्पको २० बुँदे योजनापछि इजरायल–गाजा युद्ध रोकिएला ?
baahrakhari.com · Tue Sep 30 23:41:00 GMT 2025

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविराममा सहमति जनाएका छन् । सोमबार (२९ सेप्टेम्बर) राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वासिङ्टन डीसीमा भएको भेटपछि यो सहमति भएको हो ।
दुवै नेताले पत्रकार सम्मेलन गरेर यसको जानकारी दिए । ट्रम्पले युद्धविरामका लागि २०–बुँदे योजना तयार पारेको भन्दै भने, "यदि हमासले यो योजना स्वीकार गर्दैन भने, इजरायलसँग त्यसलाई नष्ट गर्ने पूर्ण अधिकार छ र अमेरिकाले यसमा समर्थन गर्नेछ ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)