१६ लाख बराबरको पटाका बरामद
ratopati.com · Wed Oct 07 04:06:17 GMT 2026

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले रु १६ लाख बराबरको अवैध पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरी थप अनुसन्धान भइरहेको छ । चाडपर्व नजिकिँदै गर्दा प्रहरी सीमानाकामा निगरानी बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)