हराउँदै मकैका सुली
gorkhapatraonline.com · Wed Oct 07 04:17:34 GMT 2026

दैलेख जिल्लाका ग्रामीण क्षेत्रमा कुनै समय घर घरमा देखिने मकैको सुली पछिल्लो समय बिरलै देखिन थालेको छ । जिल्लामा आधुनिक भण्डारणका विभिन्न उपायको प्रयोग बढ्दै गएपछि मकैलाई परम्परागत शैलीमा पछि काम लाग्ने भनेर सुली बनाएर राख्ने चलन क्रमशः हराउँदै गएको हो ।
तर दैलेखको दुल्लु नगरपालिका, भगवतीमाई गाउँपालिका, नौमुले गाउँपालिका, नारायण नगरपालिका–११ मा केही किसानले मकै परम्परागत शैलीमै सुली बनाएर सुरक्षित राख्दै आएका छन् । बारीबाट भित्र्याएको मकै सुकाएर घरनजिकै वा सुरक्षित स्थानमा सुली बनाएर राख्ने गरिन्छ । यसरी राखिएको मकै आवश्यकता अनुसार झिकेर घरायसी प्रयोजन तथा पशुचौपायाका लागि प्रयोग गर्ने स्थानीय बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)