सामाजिक सञ्जालको प्रयोगले मौसमी सूचना प्रवाह र प्राप्तिमा सहज
barnanmedia.com · Wed Oct 01 00:17:49 GMT 2025

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको प्रयोगमा जोड दिँदा आमनागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले ‘नेपाल वेदर फोरकाष्ट’ र बाढी पूर्वानुमान महाशाखाले ‘नेपाल बाढी सूचना’ नामको ‘फेसबुक पेज’ सञ्चालनमा ल्याएको छ । यी दुई सञ्जालमा नियमित रूपमा मौसमी सूचना दिँदा सूचना प्रवाह र प्राप्तिमा सहज भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)