एक साताभित्र मालढुङ्गा पुल सञ्चालनमा ल्याउने तयारी
gorkhapatraonline.com · Wed Oct 07 04:30:50 GMT 2026

असोज ११ गतेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति भएपछि पुल सञ्चालनमा ल्याउन रातदिन काम भइरहेको छ।
पुलको पर्वततर्फको पहुँचमार्ग बगाउँदा बागलुङको सडक सञ्जालसँगको सम्पर्क टुटेपछि दसैँको मुखमा यात्रु तथा स्थानीयवासीलाई समस्या भएको भन्दै एक साताभित्र पुल सञ्चालनमा ल्याउने गरी उपकरण तथा मजदुर परिचालन गरेर रातिसमेत काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)