मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे

arthasansar.com · Wed Oct 07 04:34:17 GMT 2026

यस वर्ष बडादसैंको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे तोकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका ग्रहण गर्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्नेछ । विजयादशमीका दिन देवी विसर्जनको शुभसाइत बिहान ८ः४९ बजे रहेको छ । त्यसपछि टीका तथा जमरा लगाउने कार्यक्रम सुरु हुनेछ ।

दसैंको प्रारम्भ भने असोज २५ गते आइतबार घटस्थापनाबाट हुनेछ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे तोकिएको छ । सो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले तिनको शान्ति गरेर मात्र घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)