प्रेरक प्रसंग : जत्रो झोला त्यति नै दान
nayapatrikadaily.com · Fri Jan 05 00:12:00 GMT 2024
एकपटक बुद्ध केही दिनका लागि एक स्थानमा बसेर प्रवचन दिइरहेका थिए । पहिलो दिनको प्रवचन समाप्त गर्दै उनले भने– सबै आआफ्नो स्थानबाट जाग, समय तिम्रो हातबाट फुत्कँदै छ । बुद्धको यस भनाइसँगै सभा विसर्जित भयो । बुद्धले आफ्ना प्रिय शिष्य आनन्दसित बाहिरतिर घुमेर आउने प्रस्ताव गरे । आनन्द बुद्धको पछि लागे ।
उनीहरू दुवै विहारको मुख्य ढोकामा पुग्दा प्रवचन सुनेर निस्किरहेका भक्तजनको भिड भएकाले उनीहरू दुवै एकातिर उभिएर भक्तजनको भिड घट्ने प्रतीक्षामा बसे । बुद्धलाई देखेर भिडबाट एक युवती नजिक आइन् । उनले भनिन्– हे तथागत, म एक नर्तकी हुँ । आज म नगरप्रमुखको घरमा नृत्यका लागि जानुपर्ने थियो । तर, मैले यसबारे भुलिसकेकी रहेछु । जब तपाईंले ‘समय तिम्रो हातबाट फुत्कँदै छ’ भन्नुभयो तब मैले यसबारे सम्झिएँ । त्यसैले, तपाईंलाई धन्यवाद छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)