मधेशमा जनमतको सरकार ढाल्न बालुवाटारमा सहमति, केन्द्रमा उपेन्द्र यादव आउँदै
barnanmedia.com · Mon Jul 14 21:47:52 GMT 2025

कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको एक वर्ष भयो। अहिले केन्द्र सरकारमा कांग्रेस र एमालेको बहुमत रहे पनि लोसपा, अशोक राई नेतृत्वको जसपा सरकारमा छन्। केन्द्रदेखि प्रदेशसम्म सरकारमा रहेको नागरिक उन्मुक्तिले सरकार छाडिसकेको छ। उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा नभए पनि समर्थन फिर्ता लिने तयारीमा थियो। अनि मधेशमा कांग्रेस र एमालेसँग मिलेर सरकार चलाइरहेको जनमत प्रतिपक्षजस्तै थियो।
जनमतका अध्यक्ष सिके राउत आफ्नै दलको नेतृत्वको मधेश सरकारको बजेटमाथि खनिएका थिए भने सहकारी ठगीमा पुर्पक्षका लागि जेलमा रहेको रास्वपा सभापति रवि लामिछानेको पक्षमा सोमबार मात्र हस्ताक्षर गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)