पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै इटहरीका दम्पत्ति पक्राउ
kendrabindu.com · Wed Oct 07 05:10:41 GMT 2026

विराटनगर । पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका परियार र अन्सारीलाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।
पशुपति मन्दिरमा गैरहिन्दु प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरुलाई पक्राउ गरिएको हो । अन्सारी र परियारले प्रेम विवाह गरेका थिए । प्रेम विवाह गरेका उनीहरु केही दिनअघि पशुपतिनाथ मन्दिरमा गएर भिडियो बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)