भारतले रोक्यो नेपाली चियाको निर्यात
baahrakhari.com · Fri Apr 19 17:48:02 UTC 2024

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरूले यसबाट गम्भीर संकट निम्तिने बताएका छन् ।
पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरू पानीट्यांकीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)