कोशीको मुख्यमन्त्रीमा हिक्मतकै निरन्तरता, गुण्डु बैठकमा बन्यो सहमति
ratopati.com · Wed Aug 05 15:55:49 GMT 2026

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले नै निरन्तरता पाउने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको शीर्ष नेताहरूको लामो बैठकपछि कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको हो ।
अध्यक्ष ओलीको निवासमा पाँच घण्टाभन्दा बढी चलेको घनीभूत छलफलका क्रममा मुख्यमन्त्री कार्कीले तत्काल पद नछोड्ने अडान लिएका थिए । उनको अडानपछि नयाँ विकल्प नभेटिएसम्म कार्कीकै नेतृत्वलाई निरन्तरता दिने निष्कर्षमा ओली पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)