आगामी चौबीस घण्टाः देशका अधिकांश स्थानमा पानी पर्ने, भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुनुपर्ने
baahrakhari.com · Thu Jun 30 00:15:00 GMT 2022
काठमाडौं । आगामी चौबीस घण्टा देशका धेरै स्थानमा पानी पर्ने भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहँदा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)