देउवापछिको वरीयतामा खड्का कि कोइराला ?
annapurnapost.com · Sat Dec 23 01:17:57 GMT 2023
काठमाडौं : मंसिर १६ गते कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन भयो। पार्टी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका अधिकांश नेता सम्मेलनमा उपस्थित भए। तर, उपसभापति पूर्णबहादुर खड्का सम्मेलनमै गएनन्। बुधबार पार्टीको मधेस प्रदेश सम्मेलनमा फरक दृश्य देखियो। उपसभापति खड्का सम्मेलनमा देखिए, कोइराला गएनन्।
सत्तासीन कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवापछिको ‘दोस्रो वरीयतामा को हुने’ भन्ने विवाद चर्किंदै गएको छ। १४औं महाधिवेशनमा देउवासँग चुनाव लडेका डा. कोइराला वरीयतामा माथि कि महाधिवेशनबाट निर्वाचित उपसभापति खड्का भन्ने विवादले कांग्रेसमा रडाको मच्चिँदै गएको छ। वरीयता विवादकै कारण डा. कोइराला उपस्थित हुने कार्यक्रममा उपसभापति खड्का नजाने, खड्का उपस्थित हुने कार्यक्रममा कोइराला अनुपस्थित हुने क्रम चलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)