भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनशिपकाे फाइनलमा !
Ujyaaloonline.com · Wed Feb 08 00:10:37 GMT 2023
काठमाण्डाै – बङ्गलादेशमा भइरहेकाे २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ ।
ढाकाकाे वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले भारतलाई ३–१ गाेलले हरायाे । एक गाेलले पछि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक/एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले सान्त्वना गाेल गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)