नोबेल रसायनशास्त्रमा सम्भावित दाबेदार
reportersnepal.com · Wed Oct 07 05:50:17 GMT 2026

स्टकहोम, २१ असोज । निद्रा र भोक नियन्त्रण गर्ने अणु, डिएनए सम्पादन तथा नयाँ पुस्ताको सिक्वेन्सिङ प्रविधिसम्बन्धी अनुसन्धान यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कारका सम्भावित दाबेदारका रूपमा चर्चामा छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार बिहान पुरस्कार विजेताको घोषणा गर्नेछ ।
क्लेरिभेटले भोक नियन्त्रणसँग सम्बन्धित ग्लुकागन–जस्तो पेप्टाइड–१ (जीएलपी–१) सम्बन्धी अनुसन्धानलाई सम्भावित दाबेदारका रूपमा अघि सारेको छ । यस क्षेत्रमा क्यानाडाली वैज्ञानिक डेनियल ड्रकर, डेनिस वैज्ञानिक जेन्स जुल होल्स्ट र अमेरिकी रसायनशास्त्री स्वेतलाना मोजसोभको नाम चर्चामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)