मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अब लाइसेन्सको सास्ती अन्त्य हुँदै, रसिदको भरमा हिँड्ने दिन सकिन लागेका हुन् त?

barnanmedia.com · Wed Oct 07 05:46:17 GMT 2026

लामो समयदेखि सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता अब अन्त्य हुने संकेत देखिएको छ। यातायात व्यवस्था विभागका अनुसार स्मार्ट लाइसेन्सको लामो समयदेखिको ब्याकलग करिब पूर्ण रूपमा हटाइएको छ।

सुरक्षा मुद्रण केन्द्रले २९ लाखभन्दा बढी बाँकी आवेदनमध्ये २५ लाख ९२ हजार ४१७ वटा स्मार्ट लाइसेन्स कार्ड छापिसकेको जनाएको छ। बाँकीमध्ये करिब ३ लाख ७ हजार कार्डको म्याद एक वर्षभन्दा कम रहेकाले नवीकरणपछि मात्र छापिने व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)