दिनदिनै खस्किँदै वायुको गुणस्तर
annapurnapost.com · Sun Mar 28 06:17:00 GMT 2021
काठमाडौं : मुलुकका धेरै स्थानमा डढेलो लागेपछि फैलिएको धुवाँले काठमाडौं उपत्यकासहित धेरै भेगमा वायुको गुणस्तर खस्किएको छ। वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) हरेक दिन बढिरहेको छ।
शुक्रबार ४ सय ७० र शनिबार साँझसम्म २ सय ९ स्थानमा डढेलो लागेपछि त्यसको असरले वायु गुणस्तर मानव स्वास्थ्यका दृष्टिले हानिकारक तहमा पुगेको छ। सबैभन्दा बढी प्रदूषणको मात्रा बाराको सिमरा र ललितपुरको भैंसेपाटीमा देखिएको छ। शनिबार बिहान ती स्थानको एक्यूआई क्रमशः ३८६.०३ र ३५५.८९ देखिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)