मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पल र मलिकालाई किन भनियो राजा रानी ?

ratopati.com · Wed Oct 07 06:01:58 GMT 2026

काठमाडौँ । म्युजिक भिडियोमा रुचाइएका जोडी हुन् पल शाह र मलिका महत । दर्शकले यो जोडी अब फिल्म ‘आ बाट आमा-२’मा देख्न पाउनेछन् । दशैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो फिल्म पल र मलिकाको जोडी भएकै कारण चर्चा रहन सफल भएको छ ।

फिल्मको हालै सार्वजनिक ‘अचेल किन कान्छी’ गीत चर्चामा छ । ७ दिन अघि सार्वजनिक गीतले समाचार तयार पार्दासम्म ६० लाखभन्दा बढीले हेरिसकेकी छन् । एक लाख लाईक पाएको गीतको भिडियोमा थुप्रै कमेन्ट आएको छ । जसमा पल र मलिकाको जोडीले राम्रो कमेन्ट पाएको छ । कमेन्टकर्ताले पल र मलिकालाई राजा रानी भन्दै कमेन्ट गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)