दुबईको भव्य प्रस्तुतिपछि नेपथ्य अब कीर्तिपुरमा, असोज २४ मा कन्सर्ट
setopati.com · Wed Oct 07 06:25:00 GMT 2026

भव्य वातावरणभित्र अलग-अलग पृष्ठभूमिका मगनमस्त दर्शक, लामो समयदेखि मन पराउँदै आएको संगीत अनि सबैलाई एकै ठाउँमा बाँध्ने नेपालीपन। दुबईको आधुनिक ‘दी एजेन्डा’ हलमा आइतबार नेपथ्यका लोकरक गीत गुञ्जिँदा दृश्य यस्तै थियो।
इन्टरनेट सिटीस्थित हलमा आयोजित कन्सर्टमा दुबईमा रहेका नेपालीसँगै आबुधाबी, सारजहाँ र रस अल खैमाबाट समेत दर्शक पुगेका थिए। नेपथ्यको संगीतसँगै उनीहरूले नेपालीपनको एउटा साझा उत्सवसमेत मनाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)