बागमतीका मुख्यमन्त्री पाण्डेको दाबी– एमाले संसदीय अभ्यास मास्ने खेलमा छ
nayapatrikadaily.com · Thu Dec 23 16:08:00 GMT 2021
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग स्पष्ट जवाफ माग गरेर प्रमुख प्रतिपक्ष एमाले प्रदेश सभा बैठकमा अनुपस्थित भएको छ । बुधबारको बैठकमा एमालेले मुख्यमन्त्री पाण्डेले प्रदेशलाई आर्थिक भार पार्ने गरी १४ वटा मन्त्रालय विस्तार गर्नुको औचित्य, प्रदेशको महत्वका योजनाको कटौती गर्नुको कारण र आफ्नो पार्टीको कमिटी बनेमा मात्रै बजेट हाल्ने अभिव्यक्ति दिएको विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेको थियो ।
बिहीबारको दोस्रो बैठकमा जवाफ दिन मुख्यमन्त्री तयार देखिएपछि एमाले सांसद भने बैठकमा गएनन् । बिहीबार दोस्रो चरणको बैठकमा मुख्यमन्त्री पाण्डेले जवाफ दिने कार्यसूचीअनुसार बैठक अघि बढाइए पनि प्रदेश सभा बैठक स्थगित गराउने नीतिका साथ एमालेका सांसदहरू अनुपस्थित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)