मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा

ratopati.com · Wed Oct 07 06:36:45 GMT 2026

काठमाडौँ । त्रिशूली–भोटेकोशी महाविपति अध्ययन विशेष संसदीय समितिको टोली त्रिशूलीको विदुर नगरपालिका पुगेको छ । टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन समन्वयमा खटिएका तिनै तहका सरकारका प्रतिनिधिहरूसँग विपद् र विपद्पछिका अवस्थाबारे जानकारी लिएको छ ।

त्यसक्रममा खोज, उद्धारको अवस्था, राहत तथा अस्थायी आश्रयको स्थिति, आधारभूत सेवा तथा सम्पर्क सञ्जाल पुनर्स्थापना, सुरक्षित पुनर्स्थापना र पुनर्वासका पक्षमा गरिएका तयारीसहित दिगो पुनर्निर्माण तथा जोखिम न्यूनीकरणमा अपनाइनुपर्ने विधिका बारेमा दिएका सुझावलाई सङ्कलन गरेको समिति सभापति गणेश पराजुलीले जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)