कर्णालीमा वर्षा जारी, सबै जिल्लामा चेतावनी
onlinekhabar.com · Wed Oct 07 06:38:49 GMT 2026

२१ सुर्खेत, असोज। कर्णाली प्रदेशका अधिकांश भू–भागमा पछिल्लो २४ घण्टादेखि वर्षा भइरहेको छ। हुम्ला ,जाजरकाेट, दैलेख, सुर्खेत, रुकुम पश्चिमलगायतका जिल्लामा अहिले पनि वर्षा भइरहेकाले प्रदेशका सबै जिल्लामा आजका लागि मौसमसम्बन्धी चेतावनी जारी गरिएको छ।
प्रदेशका अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले मौसमको अवस्था र पूर्वानुमानसम्बन्धी अद्यावधिक सूचना लिएर मात्रै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ। वर्षासँगै पहाडी तथा भिरालो क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)