सत्ता र शक्तिवालाहरूप्रति भट्टराईको कटाक्ष - मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ ?
arthasansar.com · Wed Oct 07 06:45:22 GMT 2026

नेकपा एमालेका नेता योगेश भट्टराईले सत्ता र शक्तिमा रहेकाहरूले कानुन उल्लङ्घन गर्दा पनि कारबाही नहुने अवस्थाप्रति व्यंग्य गर्दै सरकारमाथि प्रश्न उठाएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सत्ता र शक्तिवालाहरू, आफै कानुनको धज्जी उडाउने, कानुन उल्लङ्घन गर्ने तर अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्ने गर्छन् भन्दै त्यसपछि कृष्णलाल अधिकारीहरू जन्मने बताएका हुन् ।
भट्टराईले भनेका छन्, ‘सत्ता र शक्तिवालाहरू,आफू कानुनको धज्जी उडाऊँछन, कानुन उल्लङ्घन गर्छन्, अनि अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्छन्, तब कृष्णलाल अधिकारीहरू जन्मन्छन् र मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)