एक महिनाभित्रमा बचत फिर्ता गर्ने योजना पेस गर्न सहकारी विभागको निर्देशन
nayapatrikadaily.com · Sun Nov 12 00:36:00 GMT 2023
पछिल्लो समय एकपछि अर्को सहकारी संस्थाहरू जोखिममा पर्न थालेपछि सहकारी विभागले चारबुँदे निर्देशन जारी गरेको छ । सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्न गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को सुझाव विभागले आफ्नोे क्षेत्राधिकारभित्र पर्ने संस्थालाई निर्देशन जारी गरेको हो ।
विभागले शुक्रबार निर्देशन जारी गर्दै सहकारी संस्थाहरूलाई एक महिनाभित्र बचतकर्ताको बचत फिर्ता गर्ने कार्ययोजना पेस गर्न भनेको छ । समस्यामा परेका संस्थामा बचतकर्ताले माग गरेको रकम फिर्ता गर्ने कार्य योजना मंसिरभित्रमा विभागमा पेस गर्न निर्देशन दिएको हो । सरकारले हालसम्म १३ वटा सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ भने करिब पाँच सय सहकारी संकटमा परेको विभागको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)