दसैँका लागि चित्रबहादुरलाई मादल बनाउन भ्याइनभ्याइ
gorkhapatraonline.com · Wed Oct 07 07:10:56 GMT 2026

दसैँ नजिकिएसँगै थारू गाउँमा सख्यापैयाँ नाचको तयारी सुरु भएपछि घोराही उपमहानगरपालिका–१७, पछुर्काका ७१ वर्षीय मादल कारीगर चित्रबहादुर बादीलाई मादल बनाउन भ्याइनभ्याइ भएको छ । पर्वका बेला बढ्ने मादलको माग पूरा गर्न उहाँलाई चटारो परेको हो ।
१२ वर्षको उमेरदेखि मादल बनाउँदै आउनुभएका बादीले मादल बनाउने सीप बाजे र बुवाबाट सिक्नुभएको हो । “पहिला बाजेले मादल बनाउनुहुन्थ्यो, त्यसपछि बुवाले पनि बनाउनुभयो । उहाँहरूबाटै सिकेर मैले पनि बनाउन थालेँ,” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)