कृषि विकास बैंक र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता
abhiyandaily.com
काठमाडौं (अस) । कृषि विकास बैंकले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग बैंकिङ कारोबारसम्बन्धी सम्झौता गरेको छ । बैंकले उक्त अस्पतालमा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ कारोबार गर्दै आएकोमा पछिल्लो समय सम्झौताको म्याद सकिएकाले नवीकरण गरिएको हो ।
विगत ५ वर्षदेखि गर्दै आएको कारोबारको सम्झौताको म्याद सकिएकाले सम्झौता नवीकरण गरिएको बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकको प्रदेश कार्यालय चितवनका निर्देशक रघुनाथ न्यौपाने र अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)