मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भासिँदै राजमार्ग

annapurnapost.com · Sun Aug 29 06:55:00 GMT 2021

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको चौधकिलोमा शुक्रबार सडक भासियो। लगातारको वर्षाले ३८ मिटर लम्बाइ र चार मिटर चौडाइ सडकको सतहबाट दुई मिटर तल भासिएको छ। सडक भासिए पनि सवारी आवतजावत भने रोकिएको छैन। सोही खण्डमा यसअघि तीन ठाउँमा सडक भासिएको थियो। भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा ६० मिटर र २६ किलोमा ४० मिटर सडक भासियो।

सत्रकिलोमा २०५९ सालमा आएको बाढीले भत्काएको थियो। २०६० मा सडकको तल्लो भागबाट भित्तामा फलामको रड घुसाएर ‘रक स्वायल एङ्करिङ’ गरिएको थियो। ती सडकको अहिले पुनर्निर्माण थालिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)