अमेरिकाको पेन्सिल्भेनियामा दादुराका सङ्क्रमित एक हजार नाघे, पाँच जनाको मृत्यु
gorkhapatraonline.com · Wed Oct 07 07:22:34 GMT 2026

अमेरिकाको पेन्सिल्भेनिया राज्यमा सन् २०२६ मा दादुराका पुष्टि भएका संक्रमितको संख्या एक हजार नाघेको छ । राज्यका स्वास्थ्य अधिकारीहरूका अनुसार प्रकोपका कारण हालसम्म पाँच जनाको मृत्यु भएको छ भने १९८ जना अस्पताल भर्ना भएका छन् ।
यो पछिल्लो तीन दशकभन्दा बढी समययताकै राज्यमा देखिएको सबैभन्दा ठूलो दादुरा प्रकोप हो । पेन्सिल्भेनिया स्वास्थ्य विभागका अनुसार सोमबारसम्म राज्यका ३९ काउन्टीमा एक हजार ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । अक्टोबर २ पछि मात्रै थप २७ नयाँ संक्रमित भेटिएका छन् । यो प्रकोप अप्रिलको अन्त्यतिर सुरु भएको थियो । पुष्टि भएका संक्रमित मध्ये चार जना मात्रै दादुरा, गलगाँड र रुबेला (एमएमआर) विरुद्धको खोप लगाएका व्यक्ति रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)