स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु
annapurnapost.com · Wed Oct 07 07:20:09 GMT 2026

काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका -७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिहान करिब १० बजेतिर तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए ।