मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाँच लाख व्यापारिक प्रतिष्ठानमा सवा ११ लाख रोजगारी

ekantipur.com · Sat Feb 10 00:55:27 GMT 2024

काठमाडौँ — थोक तथा व्यापार गर्ने ५ लाख व्यापारिक प्रतिष्ठानमा सवा ११ लाख संलग्न रहेको एक सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण ०७८’ अनुसार मुलुकभित्र ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमा ११ लाख ३० हजार ६ सय ४५ जनशक्ति संलग्न छन् ।

उक्त जनशक्ति खुद्रा, होलसेल व्यापारमा छन् । भन्सारबाट आयातित, स्वदेशी उद्योगले उत्पादन गरेका वस्तु र कृषि उत्पादनको व्यापार उक्त जनशक्ति संलग्न रहेको कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)