रुपन्देही क्रिकेट संघको अधिवेशन सुरु : अध्यक्षमा गौचन र थापाको प्यानल
nepalpress.com · Mon Jun 08 08:47:53 GMT 2026
रुपन्देही । रुपन्देही क्रिकेट संघको ३० औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सोमवार भैरहवामा सुरु भएको छ । अधिवेशनले संघको आगामी चारवर्षे कार्यकालका लागि नेतृत्व चयन गर्दै रुपन्देही जिल्लामा क्रिकेट खेलको विकासका लागि विभिन्न योजना तथा नीति पारित गर्ने छ ।
वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दै नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटप्रति रुपन्देहीमा ठूलो लगाव रहेका कारण क्रिकेट खेललगायतका गतिविधिमा मुलुकभरमै रुपन्देही जिल्ला एक नम्बरमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)