सन् २०२२ मा तीन खर्ब लगानीका उद्योग दर्ता
nayapatrikadaily.com · Fri Jan 13 00:44:00 GMT 2023
कोभिड महामारी कम हुँदै गएपछि नेपालमा नयाँ लगानी प्रतिबद्धता क्रमशः बढ्न थालेको छ । गत वर्ष सन् २०२२ मा उद्योग विभागमा अघिल्लो वर्षको तुलनामा स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता १३.४१ प्रतिशतले बढेको छ ।
विभागमा सन् २०२२ मा दुई खर्ब ९४ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिबद्धताका दुई सय ९२ उद्योग दर्ता भएका छन् । अघिल्लो वर्ष सन् २०२१ मा दुई खर्ब ५५ अर्ब २७ करोड रुपैयाँ लगानी प्रतिबद्धताका दुई सय ५३ उद्योग दर्ता भएका थिए । उद्योग दर्ता बढेसँगै रोजगारीको प्रतिबद्धता पनि बढेको छ । सन् २०२२ मा दर्ता भएका उद्योगहरूले २४ हजारलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । जबकि, अघिल्लो वर्ष १९ हजारलाई रोजगारी दिने प्रतिबद्धता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)