मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

khabarhub.com · Wed Oct 07 08:07:52 GMT 2026

एजेन्सी – अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै उनले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन् ।

३९ वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी २०८औँ अन्तर्राष्ट्रिय खेलमा १२६औँ गोल गर्दै बिदाइलाई अविस्मरणीय बनाए। उनले निकोलस ओटामेन्डीको पहिलो गोलका लागि सहयोग गरे भने निको पाजले अर्को गोल गरे। मेस्सीले खेलको ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)