मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लेतेदेखि कोरलासम्म पाँच सयभन्दा बढी कन्टेनर रोकिए, दसैँ-तिहारका सामान अलपत्र

ajakoartha.com · Wed Oct 07 08:14:00 GMT 2026

मुस्ताङ– मुस्ताङको लेतेदेखि चीनसँगको कोरला नाकासम्म झन्डै पाँच सय कन्टेनर सडकमा लामबद्ध भएर रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध हुँदा ती कन्टेनर एक सातादेखि जिल्लाका विभिन्न स्थानमा रोकिएका हुन्।

भारी वर्षाका कारण अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मतको काम भइरहेको छ। सडक सञ्चालनमा अझै करिब एक साता लाग्ने सडक आयोजनाका प्राविधिकले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)