कांग्रेसमा विवादले उपसभामुख हटाउने योजना तत्काल अघि नबढ्ने
ekantipur.com · Wed Aug 27 17:29:07 GMT 2025

काठमाडौँ — कांग्रेसभित्रको विवादले उपसभामुख इन्दिरा रानामगरलाई तत्काल हटाउने कदमबाट सत्तारुढ दल पछि हटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आपसी सहमतिमा उपसभामुख रानामगर विदेश भ्रमणमा रहेकै बेला गत भदौ ३ गते पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्ने प्रयोजनका लागि आआफ्ना दलका सांसदहरुको हस्ताक्षर गरिएको थियो ।
उपसभामुख विदेश भ्रमणमा भएकै बेला उनलाई हटाउने प्रस्ताव न्यायोजित नहुने भन्दै सरकारमा सहभागी र सरकारबाहिर रहेको जसपा नेपालले सुझाएपछि दुई दलले स्वदेश फर्किएपछि कदम अघि बढाउने भन्दै हस्ताक्षर भने जारी राखेका थिए । एक एनजीओ फोरमको कार्यक्रममा सहभागी हुन साउन ३० गते अमेरिका गएकी रानामगर शुक्रबार फर्कंदै छिन् । यसबीचमा कांग्रेसबीचमा नै प्रस्ताव दर्ता गर्न नहुने दबाब बढेपछि कांग्रेस सभापति देउवा हच्किएका हुन् । कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उपसभामुखविरुद्ध तत्काल कुनै पनि प्रस्ताव दर्ता नगर्न सभापति देउवालाई भेटेरै आग्रह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)